काठमाडौं– अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको आज एक सूचनामार्फत जानकारी गराएको हो ।
आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिचेको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ ।
दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने पनि जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप