नेप्सेमा सामान्य गिरावट, ५ अर्ब २२ करोड रुपैयाँको कारोबार

  • २०८१ कार्तिक २१, बुधबार (२ हप्ता अघि)
  • ९७ पटक पढिएको
नेप्सेमा सामान्य गिरावट, ५ अर्ब २२ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।

Advertisement

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब २० करोडको सेयर कारोबार भएकोमा आज एक करोड १६ लाख कित्ता सेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट