चाँदीका नक्कली नोटसहित भक्तपुरबाट ज्वेलर्स सञ्चालक पक्राउ

  • २०८१ कार्तिक २१, बुधबार (२ हप्ता अघि)
  • ११३ पटक पढिएको
चाँदीका नक्कली नोटसहित भक्तपुरबाट ज्वेलर्स सञ्चालक पक्राउ

काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उक्त नोट नेपाल राष्ट्र बैंकबाट निकालिएको हो भन्दै भ्रममा पारेर उनले कारोबार गर्र्ने गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट