काठमाडौं– सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने भएको छ । काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि भोलि कात्तिक २३ गतेदेखि १५ दिनका लागि बन्द हुने भएका हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार यो सडक खण्डमा कालोपत्र गर्ने काम भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडीबाहेकका सबै प्रकारका गाडीलाई सडक खण्डमा पूर्णरूपमा रोक लगाइने छ ।
प्रशासनले सडकको स्तरोन्नति अवधिभरि गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप