अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

  • २०८१ कार्तिक २२, बिहिबार (५ दिन अघि)
  • ८९ पटक पढिएको
अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

काठमाडौं– अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनलाई अन्तिम रूप दिइरहेको बताएका छन् ।

Advertisement

अस्ट्रेलियाले एक उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिरहेको छ जसले बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूको पहुँचबाट रोक्न मद्दत गर्दछ । यो कानून ढिलोमा अर्को वर्षको अन्तिमदेखि लागू हुने प्रधानमन्त्री अल्बानिजले बताएको अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा हुने जोखिमहरू उल्लेख गरेका छन् । सामाजिक सञ्जालको गलत प्रयोगले बालिकाहरू यौन शोषणमा परिरहेको र बालकहरूको विकासमा पनि समस्या सिर्जना भएको अस्ट्रेलियाका प्रधानमन्त्रीले बताएका छन् ।

अस्ट्रेलियाका सञ्चारमन्त्री मिशेल रोल्यान्डले फेसबुक, ट्विटर अर्थात् एक्स, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल अब बालबालिकाले प्रयोग गर्न नपाउने स्पष्ट पारेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट