पोखरा विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

  • नेपाल पथ
  • २०८१ कार्तिक २२, बिहिबार (२ हप्ता अघि)
  • ९० पटक पढिएको
पोखरा विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

Advertisement

२०८० असार ६ गते पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले आज दोस्रो उडान गरेको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।

पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो ।

यो जहाजले १२० जना यात्रु बोकेर आएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट