कालीकोट दुर्घटना अपडेट: ६ जनाको सनाखत

  • २०८१ कार्तिक २५, आईतबार (१ हप्ता अघि)
  • ८९ पटक पढिएको
कालीकोट दुर्घटना अपडेट: ६ जनाको सनाखत

काठमाडौं- बोलेरो जीप दुर्घटनामा परी कालीकोटमा छ जनाले ज्यान गुमाएका छन् । १८ जना यात्रु बोकेको क१ज५६ नम्बरको बोलेरो जिप कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

Advertisement

प्रहरीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा पलाँता गाउँपालिका–५ का पदम वम, छाया शाही, वडा नम्बर ३ की दमन रोकाय, वडा नम्बर ६ की कुशलकला शाही, भगवती रोकाय र गणेश शाही रहेका छन् ।

घाइतेहरुमा कालीकोट पलाँता-६ बस्ने वर्ष नखुलेको केशव थापा सिकिस्त रहेका छन्। घाइतेमध्ये विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र  रोकाया पनि सिकिस्त रहेका छन्।

वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका जिपचालक धनिराम रावत र पलाता गाउँपालिका-५ का दोलि बिक रआयुशा बिकको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका छ र गम्भीर घाइते १३ गरी १९ जना एकै पालिकाका हुन् । कालीकोट प्रहरीका अनुसार दुर्घटनामा परेको बोलेरो जिपको सिट क्षमता नौ जनाको हो । जिपले क्षमताभन्दा बढी यात्रु बोकेको र अफ्ठयारो सडक रहेकाले दुर्घटना भएको हुनसक्ने आकलन गरिएको प्रहरीले जनाएको छ । पलाँता गाउँपालिकाको खिनदेखि थिर्पूका लागि छुटेको बोलेरो जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट