यू–१९ महिला विश्वकप छनोट: थाइल्याण्डमाथि नेपालको सानदार जित

  • २०८१ कार्तिक २५, आईतबार (१ हप्ता अघि)
  • ९१ पटक पढिएको
यू–१९ महिला विश्वकप छनोट: थाइल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौँ- आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको छ ।

Advertisement

यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा नेपालले जितका लागि दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३३ रनमात्र बनाएर अलआउट भएका हुन् । थाइल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालकी कुसुम गोदारले ३ विकेट, रिया शर्मा र रचनाकुमारी चौधरीले २÷२ विकेट तथा कप्तान पूजा महतोले १ विकेट लिन सफल भएका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर साना प्रविनको अर्धशतकको सहायतामा १३९ रन बनाएको थियो ।
साना प्रविनले ४६ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाइन् । सावित्री धामीले २८ रन बनाइन् भने सोनी पाख्रीनले १९ रनको योगदान गरिन् ।

नेपालले यसअघि कुवेतलाई र थाइल्याण्डलाई नै पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते यूएईसककंग खेल्नेछ ।

यो छनोट खेलमा शीर्षमा रहने टोली अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकपका लागि छानिनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट