पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

  • २०८१ कार्तिक २७, मंगलबार (१ हप्ता अघि)
  • १०० पटक पढिएको
पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौं– पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेलाई मंगलबार काठमाडौंको सानोभ¥याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

२०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

त्यसपछि उच्च अदालत पाटनले उक्त फैसला पल्टाउँदै ५ वर्ष कैद सजाय सुनाएको थियो । सोहि मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै गत मंगलबार ५ वर्ष कैदको फैसला सुनाएको हो । उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट