काठमाडौं– धादिङको गणेश हिमाल बेस क्याम्प ट्रेक गएका एक जना सरकारी कर्मचारीको लेक लागेर स्वास्थ्य अवस्था गम्भीर बनेको छ । डिभिजन वन कार्यालय धादिङमा कार्यरत अनुसुया ढुंगाना हाइ अल्टिच्युडका कारण लेक लागेर उनी बिरामी परेकी हुन् ।
लेक लागेर बिरामी बनेकी अनुसुयाको उद्दारमा सम्स्या भएको छ । हिमाली क्षेत्र, संचारको पहुँच नभएको र मानिसको बसोबास नभएका कारण उद्दारमा समस्या भएको सङ्गै ट्रेक गएका एक यात्रीले जानकारी दिए ।
डिभिजन वन कार्यालय धादिङका कार्यालय प्रमुखसहितको टोली गणेश कुण्ड, कालो दह, सेतो दह हुदैं गणेश हिमाल बेस क्याम्पको यात्राका लागि हिडेका थिए । । उद्दारको प्रयास भई रहेको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप