काठमाडौं– कार दुर्घटनामा परी घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल टोलीका सदस्य मार्काे एन्गुलोको निधन भएको छ । २२ वर्षीय फुटबलर मार्काेको उपचारका क्रममा निधन भएको एलडीयू क्विटो क्लबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ मा कार दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए ।
मार्काेको निधनप्रति इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै उनी उत्कृष्ट खेलाडी मात्र नभएर उत्कृष्ट साथी पनि रहेको बताएको छ । सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मार्काेले तीन वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै उनले एलडीयू क्विटो क्लबबाट १६ वटा खेल खेलेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप