काठमाडौं– आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ । मंगलबार ७ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको किनबेच भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३०८ वटा धितोपत्रको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ । यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप