निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

  • २०८१ कार्तिक २८, बुधबार (५ महिना अघि)
  • २०१ पटक पढिएको
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं– कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

Advertisement

गोरखाका नवराज अर्याललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । सिआइबीले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको थियो ।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्यालदम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको जानकारी दिएका छन् ।

आफू खानेपानी विभागको सवारीचालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको वेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट