धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार पुनः अन्तरवार्तामा

  • २०८१ कार्तिक २९, बिहिबार (१ हप्ता अघि)
  • ५० पटक पढिएको
धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार पुनः अन्तरवार्तामा

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।

Advertisement

धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन रहेको छ । एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो ।

मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि अन्तवार्ता बोलाइएको छ । यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डाक्टर शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो ।

सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डाक्टर नवराज अधिकारीलाई बोलाइएको हो ।

सर्टलिस्टमा परेका पाँचमध्ये ३ जनाको अन्तर्वार्ता तथा कार्यप्रस्तुती हुन सकेको छैन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट