काठमाडौं– जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पताललले एक प्राइभेट अस्पतालको खुलेर विज्ञापन गरेको छ । धादिङ अस्पतालले शहिद मेमोरियल अस्पतालको विज्ञापन गरेको हो ।
धादिङ अस्पतालले आफ्नो अस्पतालको आधिकारिक पेजमा पुछारबजारबाट बिचबजारमा सर्न लागेको शहिद मेमोरियल अस्पतालको विज्ञापन गरेको हो ।
अस्पताललको आधिकारिक पेजमै निजि अस्पतालको विज्ञापन देखेपछि सर्वसाधारणले विरोध गरेका छन् । विरोधपछि धादिङ अस्पतालले पोष्ट गरेको शहिद मेमोरियल अस्पतालको विज्ञापन हटाएको छ ।
सरकारी अस्पतालमा निजि अस्पतालको विज्ञापन किन ? भन्ने प्रश्नमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्छन्– ‘म अहिले अफिसकै कामले काठमाडौं छु । कसरी त्यस्तो भयो साथीहरुसँग बुझ्दै छु । बाटोमा भएकोले राम्रोसँग कुरा गर्न सकिएको छैन । बुझेर आवश्यक कार्वाही अगाडि बढाउँछु’ ।
धादिङ अस्पतालले आफ्नो आधिकारिक पेजमा शहिद मेमोरियल अस्पतालको गरेको विज्ञापन जस्ता त्यस्तै ।
शहिद मेमोरियल अस्पताल अब नयाँ व्यवस्थापनका साथ सञ्चालन हुदैं ।
नयाँ व्यवस्थापनका साथ सञ्चालन भइ रहेको यस शहिद मेमोरियल अस्पताल धादिङ प्रा.लि.ले यति मिति २०८१ मंसिर १ गतेबाट विचबजार स्थित पुरानो वर्गर हाउस भएको स्थानबाट पुनः सेवा सुभारम्भ गर्न लागिएको सबैमा जानकारी गराउन चाहन्छौं ।
मिति २०८१ साल मंसिर १ गते देखि विशेषज्ञ सेवासहित संचालन हुन लागेको यस अस्पतालमा रेडियोलोजी सेवा (द्धम्रऋययिगच ख्ष्मभय ह् चबथ) भिडियो एक्सरे, जनरल मेडिसिन सेवा, बालरोग विशेषज्ञ सेवा, सर्जरी सेवा, मानसिक रोग विशेषज्ञ सेवा, स्त्री तथा महिला रोग विशेषज्ञ सेवा लगायत अन्य विशेषज्ञ सेवा सञ्चालन गर्न लागिएको हुदाँ मौकाको फाइदा उठाउनुहुन हार्दिक सम्पूण सेवाग्राहीहरुमा अनुरोध गर्दछौं ।
नोटः सेवा लिन चाहने सेवाग्राहीहरुले अग्रिम नाम टिपाई मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौं । थप जानकारीका लागि सम्पर्क : ०१०–५२०२८३, ०१०–५२०५६३
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप