सञ्चालनमा आएको २ महिना नबित्दै धरहराको ‘लिफ्ट’ बिग्रेपछि बन्द

  • २०८१ मंसिर २, आईतबार (५ महिना अघि)
  • १४० पटक पढिएको
सञ्चालनमा आएको २ महिना नबित्दै धरहराको ‘लिफ्ट’ बिग्रेपछि बन्द

काठमाडौं– सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

Advertisement

केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले जानकारी दिएको छ । एकैपटक धेरै मानिस चढ्दा लिफ्ट बिग्रिएको हुन सक्ने विभागको भनाइ छ । अब लिफ्ट मर्मत गरे पनि केही समय सर्वसाधारणलाई चढ्न रोक लगाउने तयारी छ ।

गएको असोज ३ गते सर्वसाधारणका लागि पनि धरहरा खुला भएको थियो । २०७२ सालको भूकम्पमा ढलेको धरहराको काम ४० प्रतिशत मात्रै सकिएको बेला २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट