काठमाडौं- धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलामा भारतीय ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ ।
काठमाण्डौबाट गजुरी तर्फ जादै गरेको MH46BM1762 नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका-१ की ३८ बर्षिया निरमाया राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी मगरको काठमाण्डौस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप