काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–८ अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किदा तीन जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा४ख २७५९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा एक जना गम्भिर सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रल्हाद सिलवाले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएकी नीलकण्ठ नगरपालिका–९ बस्ने करिव २२ वर्षिया गायत्री लम्सालको अवस्था गम्भिर रहेको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताए । नीलकण्ठ–३ बस्ने ३४ वर्षिय हरि खनालको टाउकोमा चोट र चितवन माडी–९ का कृष्ण प्रजाको टाउकोमा चोट तथा दाहिने खुट्टामा चोट लागेको उनले बताए । धादिङ अस्पतालमा उपचारपछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि एक जना डाक्टरसहित काठमाडौ पठाइएको छ ।
प्रवक्ता सिलवालका अनुसार स्कुटर बचाउन खोज्दा ट्रक पल्टिएको हुन सक्छ । ट्रक र स्कुटर ठोक्किएको देखिन्छ । थप अनुसन्धान भइ रहेको छ । सौराज चालक चन्द्रमान शाक्य प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप