सेयर बजार उच्च अङ्कले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

  • २०८१ मंसिर ४, मंगलबार (१ दिन अघि)
  • ५९ पटक पढिएको
सेयर बजार उच्च अङ्कले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

काठमाडौं– सेयर बजार आज उच्च अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ विन्दुमा झरेको छ ।

Advertisement

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ङादी ग्रुप पावर, समृद्धि फाइनान्स र जानकी फाइनान्स कम्पनीको सेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १० वटा कम्पनीका दुई करोड २५ लाख कित्ता सेयर १० अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट