काठमाडौं– सेयर बजार आज सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज दिनभरको उतारचढावबीच नौ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ विन्दुमा पुगेको छ ।
आज बैंक, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल समूहको सेयर उच्च अङ्कले बढेको छ ।
आज विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, कर्णाली विकास बैंक र जानकी फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्त कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै साढे १० अर्बको सेयर कारोबार भएकोमा आज तीन सय २३ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता सेयर सात अर्ब नौ करोड रुपैयाँमा किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप