धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा बुधबारदेखि सुरु भएको मेलाको आज दोश्रो दिन चर्चित राष्ट्रिय कलाकारहरु आउने भएका छन् ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला आयोजना गरेको हो । मेलाको दोश्रो दिन आज कलाकारहरु बिमिता घर्ती मगर, सुरेश बिसी ‘अन्जान’, दिलास डान्स कलाकारहरु, अर्जुन कंडेल, राम बहादुर गैरेसहित बहुचर्चित एवम् स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहनेछ ।
स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । स्थानीय कला संस्कृतिको जगेर्ना तथा मनोरञ्जनलाई जोड दिइएको आयोजक संस्था हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले बताए ।
मंसिर ५ गतेदेखि सुरु भएको महोत्सव मंसिर १५ गतेसम्म चल्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप