धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा जारी दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलामा आज पनि स्थानीय तथा राष्टिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
मेलाको आज छैटौँ दिन गायिका एलिना चौहान, गायक कर्ण राज गिरी, गायिका कमला घिमिरे, मोडल तथा डान्सर आरुसी मगर, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भोलि ११ गते मंगलबार गायक अर्जुन सापकोटा, गायिका अस्मि थापा मगर, र्यापर तथा गायक आयुुश अधिकारी, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने छ ।
सहकारीको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुुर्याऔंं भन्ने मूल मर्मका साथ कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।
सहकारीको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुुर्याऔं भन्ने मूल मर्मका साथ बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।
स्थानीय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुर्याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
मेलाको अवलोकन गर्न आउनेहरुको उल्लासमय सहभागिता रहेको उनले बताए । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवलोकन गर्नेको उत्साहपुर्ण सहभागिता रहेको अध्यक्ष श्रेष्ठले जानकारे दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप