सेयर बजार १५ अङ्कले बढ्दा कारोबार रकम भने घट्यो

  • २०८१ मंसिर १०, सोमबार (२ घण्टा अघि)
  • ३२ पटक पढिएको
सेयर बजार १५ अङ्कले बढ्दा कारोबार रकम भने घट्यो

काठमाडौं– सेयर बजार आज बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ ।

Advertisement

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पाेरेट विकास बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ङादी ग्रुप पावर कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो सात अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा आज तीन सय नौ वटा कम्पनीका एक करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट