काठमाडौं– जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालमा सूचना अधिकारी परिवर्तन गरिएको छ । सूचना अधिकारी डाक्टर राम रिजालको सट्टा वरिष्ठ फिजियोथेरापिष्ट पुष्पा अधिकारीलाई जिम्मेवारी दिइएको हो ।
नेपालपथ डटकममा धादिङ अस्पतालमा प्राइभेट अस्पतालको विज्ञापन भन्ने शिर्षकमा समाचार पोष्ट भएपछि धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले छानविन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने बताएका थिए । कात्तिक ३० गते समाचार पोष्ट गरेपछि अस्पताल प्रशासनले छलफल पनि गरेको थियो । अस्पतालले मंसिर १० गते वरिष्ठ फिजियोथेरापिष्ट पुष्पालाई सूचना अधिकारीको जिम्मेवारी दिएको हो ।
अस्पताललको आधिकारिक पेजमै निजि अस्पतालको विज्ञापन देखेपछि सर्वसाधारणले समेत विरोध गरेका थिए । विरोधपछि धादिङ अस्पतालले पोष्ट गरेको शहिद मेमोरियल अस्पतालको विज्ञापन हटाएको थियो ।
सरकारी अस्पतालमा निजि अस्पतालको विज्ञापन किन ? भन्ने प्रश्नमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले आफु जिल्ला बाहिर अफिसको कामले काठमाडौं रहेको बताउदै बुझेर आवश्यक कार्वाही अगाडि बढाउने बताएका थिए ।
धादिङ अस्पतालको बारेमा जानकारी लिन वा दिन या कुनै सूचना लिनु परेमा वरिष्ठ फिजियोथेरापिष्ट पुष्पा अधिकारीलाई ९७६३६९९७२५ नम्बरमा सम्पर्क गर्न सकिने धादिङ अस्पतालले जनाएको छ ।
यो पनि पढ्नुहोस्ः
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप