५० हजारले अवलोकन गरे सल्यानटार महोत्सव, आज यि कलाकाहरुको प्रस्तुति रहने

  • २०८१ मंसिर १३, बिहिबार (२ घण्टा अघि)
  • ५२ पटक पढिएको
५० हजारले अवलोकन गरे सल्यानटार महोत्सव, आज यि कलाकाहरुको प्रस्तुति रहने

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा जारी दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

Advertisement

स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहदै आएको महोत्सवमा आज पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष  सुरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार महोत्सवको आज नवौं दिनमा लोकप्रिय गायक तथा मोडल दुर्गेश थापा, गायिका रुपा घर्ति मगर, गायक सागर बिसी, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने छ । भोलि १४ गते बिहिबार गायिका ज्योति मगर, गायक सुरेश बाँनिया, गायक रवि रिमाल, गायक सुरेश बिसी अन्जान, उद्घोषक अर्जुन कँडेल, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले जानकारी दिए ।

सहकारीको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुुर्याऔं भन्ने मूल मर्मका साथ बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । स्थानीय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुर्याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले बताए ।

मेलाको अवलोकन गर्न दैनिक चार हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्दै आएको सुरेन्द्र श्रेष्ठले बताए । एकै दिनमा १० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । सरदर ४/५ हजार दर्शक अवलोकन गर्न आउने गरेका छन् । दर्शकहरुको उल्लासमय सहभागिता रहेको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट