आज रातिदेखि कीर्तिपुर र काठमाडौं–१६ मा मदिरा बेचबिखनमा रोक

  • २०८१ मंसिर १३, बिहिबार (३ घण्टा अघि)
  • २३ पटक पढिएको
आज रातिदेखि कीर्तिपुर र काठमाडौं–१६ मा मदिरा बेचबिखनमा रोक

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातिदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन् ।

मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर पद र वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । त्यस्तै काठमाडौं वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ ।

आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट