सेयर बजारमा सामान्य गिरावट

  • २०८१ मंसिर १३, बिहिबार (३ घण्टा अघि)
  • २९ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं– सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

Advertisement

आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको सेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मानुषी लघुवित्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता सेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट