काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइने भएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई अहिले ५ः३० बजेको उडानमार्फत काठमाडौं ल्याउन लागिएको उनका सहयोगी दीपक बोहोराले जनाएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका क्रममा उनी कास्की प्रहरीको हिरासतमा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप