काठमाडौं– रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा निर्वाचित भएकी छन् ।
बुढाले ३ हजार ६ सय २७ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १सय २८ मत प्राप्त गरेकी छन् ।
पुथा उत्तरगङ्गामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । तर पनि माओवादीकी उम्मेदवार बुढा १५ सयभन्दा धेरै मतले विजयी भएकी हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप