सेयर बजार दोहोरो अंकले बढ्यो, साढे १० अर्बको कारोबार

  • २०८१ मंसिर १७, सोमबार (१ दिन अघि)
  • ४९ पटक पढिएको
सेयर बजार दोहोरो अंकले बढ्यो, साढे १० अर्बको कारोबार

काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको सेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज तीन सय १४ वटा कम्पनीका दुई करोड ३० लाख कित्ता सेयर १० अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट