नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ८ अर्ब ५२ करोडको कारोबार

  • २०८१ मंसिर १८, मंगलबार (२२ घण्टा अघि)
  • ३३ पटक पढिएको
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ८ अर्ब ५२ करोडको कारोबार

काठमाडौं– सेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको सेयर भने साढे नौ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट