एनपीएलमा विराटनगर किङ्ग्सको तेस्रो खेलमा पहिलो जीत

  • २०८१ मंसिर १९, बुधबार (१४ घण्टा अघि)
  • ३९ पटक पढिएको
एनपीएलमा विराटनगर किङ्ग्सको तेस्रो खेलमा पहिलो जीत

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको छ ।

Advertisement

लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । विराटनगरका लोकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस सोलले ४ बलमा नटआउट १४ रन बनाए । विराटनगरले २० अतिरिक्त रन पायो । लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए । लुम्बिनीले २९ अतिरिक्त रन पायो । विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १÷१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए ।

प्रतियोगितामा विराटनगरको यो पहिलो जीत हो । विराटनगर यसअघि दुई वटा खेलमा पराजित भएको थियो । लुम्बिनीको भने यो पहिलो खेल हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट