धादिङ- धादिङ जेसिजको अध्यक्षमा अरविन रुपाखेती चयन भएका छन् । १२ औं शाखा अधिवेशनबाट रुपाखेतीको नेतृत्वमा वर्ष २०२५ को नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
त्यसैगरी, कार्यकारी उपाध्यक्षहरुमा दिपेश बिडारी र अजित कुमार यादव तथा उपाध्यक्षहरुमा सन्देश गजुरेल, उमेश कार्की, सुदर्शन रेग्मी र किशोर अधिकारी चयन भएका छन् ।
नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा सरोज गजुरेल, महासचिवमा अजय आचार्य र कोषाध्यक्षमा राजेश भट्टराईलाई मनोनयन गरेको छ ।
सन् २०१३ मा स्थापित धादिङ जेसिजले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप