प्रधानमन्त्री ओली स्वदेश फर्किए

  • २०८१ मंसिर २०, बिहिबार (३ महिना अघि)
  • १२८ पटक पढिएको
प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं- चीनको चारदिने भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

Advertisement

प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो । चीन भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न उच्चस्तरीय भेटवार्ताहरू गरेका थिए ।

प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते चीनको चारदिने भ्रमणका लागि गएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट