रामेछापमा सुन्तलाले बजार पाएन

  • २०८१ मंसिर २०, बिहिबार (३ महिना अघि)
  • १२२ पटक पढिएको
रामेछापमा सुन्तलाले बजार पाएन

काठमाडौं– रामेछापका किसानहरु सुन्तलाले बजार नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा सुन्तला खेती गरेका तुलबहादुर तामाङ भन्छन्– ‘बारीमा सुन्तला फल्यो तर बजार छैन । किसान जहिले चपेटामा ।’

Advertisement

बारीमा लटरम्म फलेको सुन्तला विक्रीका लागि बजार नहुदा किसान मर्कामा पर्ने गरेको उनी बताउँछन् । ‘कृषी प्रदान देशमा न खेती गर्ने वातावरण राम्रो छ, न त बजार । बजार अभावका कारण सस्तोमा सुन्तला विक्री गर्नु पर्ने बाध्यता रहेको छ’ उनले भने ।

अर्का किसान भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको बताउँछन् । तर बजार नहुदा विक्रीमा समस्या रहेको उनको भनाई छ । ‘विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला १०० रुपैयाँमा बिक्री हुने गरेको थियो । यो वर्ष भने सस्तोमा सुन्तला विक्री गर्नु पर्ने बाध्यता छ’ उनले भने ।

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नो लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउछ । योवर्ष यस वडाबाट करिब दुई करोड रुपैयाँको सुन्तला विक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाको गुनासो छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यो पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो । उत्साहले खेतवारीमा किसानले लटरम्मै सुन्तला फलाएका छन् । तर सुन्तलाले बजार नपाउदा किसानहरु मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरणमा सरोकारवाला निकायको ध्यान पुग्न आवश्यक छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट