१८ महिनापछि सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्छु: प्रधानमन्त्री ओली

  • २०८१ मंसिर २०, बिहिबार (३ महिना अघि)
  • २०१ पटक पढिएको
१८ महिनापछि सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् । सहमति अनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको नेतृत्व सुम्पिने बताएका हुन् ।

Advertisement

चारदिने औपचारिक चीन भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले अब करिब १८ महिना प्रधानमन्त्री बन्ने बताए ।

चीन भ्रमणपछि प्रधानमन्त्रीको रूपमा ओलीको कार्यकाल लम्बिएको भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने,– ‘यही प्रश्नको जवाफ कतिपटक दिने ! अब करिब–करिब १७–१८ महिना मेरो पालो । त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ ।’

आफूहरूबिच चुनावसम्म सहकार्यको सम्झौता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चुनावपछि बहुमतको सरकार बन्ने बताए । ‘चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ । विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू तरिका होलान्’ उनले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट