शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न मन्त्रालयको आग्रह

  • २०८१ मंसिर २१, शुक्रबार (३ महिना अघि)
  • २३२ पटक पढिएको
शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न मन्त्रालयको आग्रह

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई आग्रह गरेको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको हो । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था रहेको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

यसअघि शिक्षा मन्त्रालयले प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउने तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै पालिकालाई परिपत्र गर्न भन्दै पत्र पठाएको थियो ।

चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले लामो समयदेखि मासिक तलब पाउने व्यवस्थाको माग गर्दै आएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट