एनपीएल: कर्णाली याक्सको लगातार दोस्रो जित

  • २०८१ मंसिर २२, शनिबार (३ महिना अघि)
  • २७१ पटक पढिएको
एनपीएल: कर्णाली याक्सको लगातार दोस्रो जित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

Advertisement

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाएको छ । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । लोकेश बमले १९ तथा दिपक बोहराले १८ रन जोडे ।

बलिङमा कर्णाली याक्सका नन्दन यादवले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन शर्मालेले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १/१ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बोसिस्टो र देव खनालको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

बोसिस्टोले ४९ बल खेल्दै ५ चौका ३ छ्क्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए । यस्तै ओपनर देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । ९ रनमै २ विकेट गुमाएको कर्णालीका लागि बोसिस्टो र देवले तेस्रो विकेटमा १०२ रनको साझेदारी गरेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट