काठमाडौं– नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन् । आइतबार किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको हुन् ।
घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको थियो । चन्दीमायाका श्रीमान रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् । प्रहरीले शव जिल्ला अस्पताल त्रिशुलीमा पठाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप