वास्तुमा १५० विद्यार्थी दीक्षित

  • नेपाल पथ
  • २०८१ मंसिर २४, सोमबार (२ दिन अघि)
  • १९९ पटक पढिएको
वास्तुमा १५० विद्यार्थी दीक्षित

काठमाडौं– अकल्ट साइन्सको शिक्षा दिने संस्था संस्कार एकेडेमीले ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ । एकेडेमीले अनलाइन प्रविधिबाट ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना आफ्ना विघार्थीहरुलाई दीक्षित समेत गरेको छ ।

Advertisement

‘घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडी बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र वैज्ञानिक रुपमा काम गर्न सक्ने ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ ।

‘आफ्ना विद्यार्थीहरुलाई अहिलेको समय अनुसार आधुनिक र वैज्ञानिक रुपमा बास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरिएको छ । अनलाइन अध्ययन पश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरुलाई वास्तुको हरेक प्रकारको वैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने नविनतम प्रविधि र उपकरणहरुमा समेत दक्ष बनाउने उदेश्यले यस्तो कार्यक्रम गरिएको हो’ वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले भने ।

कार्यक्रमको विभिन्न सेसनहरुमा डाक्टर कुलबहादुर गुरुङले सहजीकरण गरेका थिए । इञ्जिनिएरहरु सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुविद्लाई आवश्यक पर्ने इञ्जिनियरिङ्गको व्यवहारिक ज्ञान दिएका थिए । योगा, ध्यान, अंक ज्योतिष, स्वर विज्ञानको सेसनमा आचार्य राजा बाबु शाह बाट थप अतिरिक्त ज्ञान पाएकोमा सहभागीहरुले खुषी प्रकट गरेका छन् । कार्यक्रममा कोच आशा शाहले ‘ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिइन् ।

वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, आर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवक्ता, ब्याङ्कर लगायत अन्य विविध पेशा र व्यवसायका मानिसहरु कार्यक्रमबाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन् । वास्तु धार्मिक विषय नभएर हरेक मानिसको घर र जीवनसँग जोडिएको विषय भएकोले यसप्रति सबैको रुचि बढेको छ । आधुनिक र वैज्ञानिक रुपमा यसको प्रयोग हुनुपर्ने समारोहमा दिक्षित भई वास्तु कन्सल्ट्याण्ट बनेका ध्रुवराज पराजुली बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

खोजी गर्नुहोस

ताजा अपडेट