काठमाडौं- देशका विभिन्न ठाउँहरुमा हिमपात भएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको हो ।
बैतडी, डडेलधुरा, बाजुरा, डोटी, हुम्ला लगायतका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो । ती ठाउँहरुमा रातिदेखि हल्का पानी पनि परेको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धालाई असर गरेको छ । वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको भन्दै किसानहरु खुषी भएका हुन् ।
हिमपात शुरु भएपछि स्थानीय कृषकले लामो खडेरी बाट छुट्कारा मिलेको भन्दै उत्साहित भएका छन् , भने जनजीवन निकै प्रभावित भएको छ । हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप