कोठामा लागेको आगोले निस्सासिएर एकको मृत्यु

  • २०८१ मंसिर २४, सोमबार (३ महिना अघि)
  • १०५ पटक पढिएको
कोठामा लागेको आगोले निस्सासिएर एकको मृत्यु

काठमाडौं– कोठामा लागेको आगोसहितको धूवाँले निसास्सिएर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका–८ कोटमौला घर भएका ३३ वर्षीय सन्दीप योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

Advertisement

चुरोट खाएर फालेको ठुटो सिरक तथा अन्य कपडामा सल्किंदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको कोठामा अक्सिजनको कमी हुँदा निसास्सिएरै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका बाबुआमा उपचारका लागि भारत गएको र आफूहरू नआउँदासम्म शव नउठाउन भनेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय थारमारेबाट गएको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेर राखेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट