काठमाडौं– सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३२ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ८२ विन्दुमा झरेको छ । हिजो पनि सेयर बजार १२ दशमलव ८४ अङ्कले घटेको थियो ।
आज व्यापार, माइक्रोफाइनान्स, होटल, उत्पादनसमूहको सेयर सामान्य बढेपनि अरू सबै समूहको सेयर ओरालो लागेको छ । आज ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता सेयर चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप