काठमाडौं– भारतको तमिलनाडुमा एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।
तमिलनाडुको डिन्डिगुलमा रहेको एक निजी अस्पतालमा गएराति आगलागी हुँदा ६ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । घटना राति १० बजेतिर भएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार ज्यान गुमाउनेमध्ये एक जना शिशु पनि छन् । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । तर शर्ट सर्किट भएर आगलागी भएको आशङ्का गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप