नेपाल पत्रकार महासंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी

  • २०८१ मंसिर २९, शनिबार (३ महिना अघि)
  • २८२ पटक पढिएको
नेपाल पत्रकार महासंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी

काठमाडौं– नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी भएका छन् ।

Advertisement

शुक्रबार भएको निर्वाचनमा राजन अधिकारीलाई ११ मतान्तरले पछि पार्दै सिताराम अधिकारीले जित आफ्नो पक्षमा पारेका हुन् विजयी भएका अधिकारीले ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धि राजन अधिकारीले ३१ मत प्राप्त गरे । सिताराम अधिकारी प्रेस चौतारी र राजन अधिकारी प्रेस सेन्टरको तर्फबाट चुनावी मैदानमा रहेका थिए ।

यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठले ४१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धि प्रेस सेन्टरकी रविना विकले २९ मत प्राप्त गरिन् । कोषाध्यक्षमा प्रेस सेन्टरका बद्री अधिकारी ३ मतान्तरले विजयी भएका छन् । अधिकारीले ३८ मत ल्याउदा समाजवादी प्रेस संगठनका शिवराज आचार्यले ३५ मत प्राप्त गरेका छन् ।

यस्तै आदिवासी जनजाति सदस्यमा प्रेस चौतारीका रेख बहादुर गुरुङले ४१ मत ल्याई विजय भएका छन् भने प्रेस सेन्टरका नीर बहादुर तामाङले ३२ मत प्राप्त गरे । खुल्ला सदस्यमा प्रेस चौतारीका उपेन्द्र अधिकारी ३९ मत प्रेस युनियनका पुरूषोत्तम ढुंगाना ५२ मत, प्रेस युनियनका मनिष श्रेष्ठ ६५ मत, प्रेस चौतारीका बिनोद तमु ५९ मत, समाजवादी प्रेस संगठनका सन्दिप प्रसाद घिमिरे ३९ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै प्रदेश परिषद सदस्यमा प्रेस युनियनका चित्र बहादुर आचार्य ३९ मत, समाजवादी प्रेस संगठनका राजकुमार ढुंगाना ३६ मत प्राप्त गरि विजयी भएका छन् । केन्द्रीय परिषद सदस्यतर्फ प्रेस युनियनकी गोमा थापा ५४ मत ल्याई विजयी भएकी छिन् ।
जिल्ला कार्यसमितिको ३ पदाधिकारी र ५ सदस्य पदको लागि निर्वाचन भएको हो । प्रेस युनियनतर्फबाट उपाध्यक्षमा मनिष दुवाडी, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, समावेशी सहसचिवमा अस्मिता पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै महिला सदस्य प्रेस युनियबाट सुशीला विश्वकर्मा, दलित सदस्यमा प्रेस चौतारीका अनिल नेपाली र अल्पसंख्यक सदस्यमा समाजवादी प्रेस संगठनकी सनिता चेपाङ निर्विरोध निर्वाचित भएका थिए । प्रदेश परिषद सदस्यमा प्रेस चौतारीकी लक्ष्मी भुजेल, राजाराम डंगोल र प्रेस युनियनकी लक्ष्मी शाक्य तथा केन्द्रीय परिषद सदस्यतर्फ प्रेस चौतारीबाट केशव अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट