नीलकण्ठका नगर उप–प्रमुख दिपक विश्वकर्मालाई भारतमा ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’

नीलकण्ठका नगर उप–प्रमुख दिपक विश्वकर्मालाई भारतमा ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मालाई अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनकाबीच उप–प्रमुख विश्वकर्मालाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’ प्रदान गरिएको हो ।

Advertisement

दलित समुुदायको हक अधिकारका लागि पुुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उपमेयर विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । विश्वकर्मा २०७९ सालको स्थानीय तह निर्वाचनबाट नीलकण्ठ नगरपालिकाको उप–प्रमुखमा निर्वाचित भएका थिए । शान्त, शालिन र समाज परिवर्तनको हुटहुटि बोकेका उनले नगरपालिकामा उल्लेखनिय काम गर्दै आएका छन् । दलित हक अधिकारदेखि सामाजिक रुपान्तरणमा उनी विश्वासिलो पात्र बनेका छन् ।

निर्वाचित भएपनि नगरपालिकाभित्र निःशुल्क शिक्षाको कार्यान्वयन, दलित र विपन्नलाई छात्रवृत्तिको व्यवस्था, विकास निर्माणको प्रभावकारिता लगायतका क्षेत्रले यो पुरस्कार दिलाएको नगर उप–प्रमुख विश्वकर्मा बताउँछन् । ‘पालिकाभित्रका दलित विद्यार्थीहरूलाई एमबिबिएस पढ्न कम्तिमा १ लाख लगायत अन्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरू पनि चलिरहेको छ । निःशुल्क तथा गुुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छौं । चुनावी मैदानमा जादा गरेका प्रतिवद्धताहरु पुरा गर्दै आएका छौं’ उनले भने– ‘समृद्ध नगर बनाउन सबैको साथले सम्भव बनेको हो । यो पुरस्कार सिंगो नगरपालिकाको हो । यसले नीलकण्ठ नगरपालिकाको पहिचान स्थापितसँगै आगामी दिनमा अझै राम्रा कामका लागि हौसल र चुनौति थपिएको छ । हामी त नागरिकको सेवक हौं । अझै सेवा गर्ने उत्प्रेरण मिलेको छ ।’

बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले आयोजना गरेको सम्मेलनमा भारतमा नगर उप–प्रमुख विश्वकर्मा सम्मानित भएका हुन् । कार्यक्रममा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवि र समाजसेवीहरू पुगेका थिए ।

सोही एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिइन् । मेइरा जगजीवनरामकी छोरी हुन् । जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्ता मध्येका एक हुन् । उनले संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि महत्वपूर्ण योगदान थियो ।

उनकै सम्झनामा भारतको संविधान निर्माता डाक्टर भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । दलित समदायको हक अधिकारका लागि पुुर्याएको योगदानका लागि उपमेयर विश्वकर्मालाई सो पुरस्कार दिइएको हो ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट