काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् ।
मधेस प्रदेशका केही जिल्लाको मतगणना तथा रुजु कार्य बाँकी रहेकाले औपचारिक रूपमा विजयी घोषणा भने हुन बाँकी छ।
शर्माले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १,१४४ मतले पछि पारेकी छिन् । महासंघको ६९ वर्षे इतिहासमा अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला हुने भएकी छिन् ।
पछिल्लो मत परिणामअनुसार शर्माले ३,९७३ मत प्राप्त गरेकी छिन् भने विष्टले २,८२९ मत ल्याएका छन्।
शर्माले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । अन्य पदाधिकारीतर्फ पनि शर्माको प्यानलले अग्रता कायम राखेको छ।
शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, नीतु पण्डित महासचिवमा रामप्रसाद दाहाललगायतका उम्मेदवारहरू अगाडि रहेका छन्। यसबीच, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सन्चारग्राममा विजय र्यालीको तयारी भइरहेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप