सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु

  • २०८१ पौष ४, बिहिबार (३ महिना अघि)
  • १५८ पटक पढिएको
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु

काठमाडौं– सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Advertisement

घटना गएरातिको भएपनि प्रहरीले आज बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार बेलुका खाना खाएर सुतेको र बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

घाइते अवस्थामा रहेकी उनकी ९ वर्षीय छोरी रिया थापाको भने कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट