आजदेखि दैनिक तीन घण्टा मुग्लिन–काठमाडौं सडक बन्द हुने

  • २०८१ पौष ७, आईतबार (३ महिना अघि)
  • ३४७ पटक पढिएको
आजदेखि दैनिक तीन घण्टा मुग्लिन–काठमाडौं सडक बन्द हुने

काठमाडौं- मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।स्तरोन्नतिसहित निर्माणाधीन सडक विस्तारका लागि दैनिक तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

Advertisement

घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ ।

सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने आयोजनाले जानकारी दिएको छ ।

पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ ।

विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिने आयोजनाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट