मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमः धादिङ अस्पतालमा पुष ८ देखि सुरु हुदै

  • २०८१ पौष ७, आईतबार (३ महिना अघि)
  • ३५६ पटक पढिएको
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमः धादिङ अस्पतालमा पुष ८ देखि सुरु हुदै

धादिङ– धादिङ अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम पुष ८ गते देखि सुरु हुने भएको छ । नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रम सुरु गर्न लागिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए ।

Advertisement

‘मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम बागमती प्रदेश सरकारको छुट्टै कार्यक्रम हो । यो ३० वर्ष भन्दा माथिका स्वस्थ मानिसमा गरिने स्वास्थ्य परिक्षण हो । यो स्क्रिनिङ कार्यक्रम भएकोले स्वस्थ मानिसमा सुगर, प्रेसर, क्यान्सर जस्ता नसर्ने ठूलठूला रोगहरु छन् कि छैनन् भनेर पत्ता लगाउन यो परिक्षण गरिने छ । आफ्नो स्वास्थ्य कुन अवस्थामा छ भनेर नागरिकले जानकारी पाउँने हुदाँ सबैलाई सेवा लिन अनुरोध गर्दछौं’ उनले भने ।

विगतका वर्षहरुमा गरिएको यस कार्यक्रम प्रभावकारी रहेकाले यस वर्ष पनि सुरु गर्न लागिएको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताए । ‘यस परिक्षणमा पूरा शरीर चेकजाँच गरिन्छ । अस्पतालको नियमित स्वास्थ्य उपचारलाई बाधा नपर्ने गरी सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म कार्यतालिका बनाइएको छ । दैनिक कम्तीमा २० जनाको परीक्षण गरिने योजना छ’ उनले भने– ‘विगतका वर्षहरुमा पनि कार्यक्रम सञ्चालन गरिएकाले केही सिकाइ पनि भएको छ । यसले नागरिकमा ठूलै समस्या परे मात्रै अस्पताल पुग्ने बानीको अन्त्य गर्नेछ । यस कार्यक्रमले मानिसलाई स्वास्थ्य राख्न र नियमित स्वास्थ्य परिक्षण गराउने बानीको विकास गर्ने विश्वास लिएका छौं । ’

विश्वव्यापी रुपमा बढ्दै गएको नसर्ने रोगको निवाकरणमा सहयोग पुग्ने अपेक्षाले यो परिक्षण कार्यक्रमको शुभारम्भ गरिएको उनले बताए । ‘यो स्वस्थ मानिसमा गरिने परिक्षण हो । यसमा दम खोकीको लागि क्याट टेष्ट, उच्च रक्तचाप, पिसाब जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परिक्षण, मृगौलाको जाँच, कलेजोको जाँच, लिपिड प्रोफाइल, फोक्सोको जाँच, छातिको एक्सरे, इसिजी, यु.एस.जी., भि.आई.ए. जाँच लगायत सेवा तथा परामर्श सेवा प्रवाह गरिनेछ’ उनले भने ।

#धादिङ_अस्पताल

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट